हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राजधानी हेटौंडा र प्रदेश १ को झापामा राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि बृहत मोटरसाईकल तथा कार ¥याली गर्ने भएको छ । बुधबार बिहान राप्रपा अध्यक्ष कमल थापाले सामाजिक संजाल टुईटरमा राखेको दुई तस्विरमा हेटौंडा र झापामा मोटरसाईकल तथा कार ¥याली गर्न लागेको जनाएका छन् । अध्यक्ष थापाले राखेको पहिलो तस्विरमा “मंसिर १९ गते हेटौंडा जाऔं राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गरौ,भ्रष्ट्रचार बेरोजगारी,धर्म परिर्वतन र बिकृतीका विरुद्ध बुलन्द आवाज उठाऔं । राप्रपा मकवानपुरद्वारा आयोजित बृहत मोटरसाईकल ¥यालीमा सहभागी बनौ ।” लेखिएको छ । यसैगरि दोस्रो तस्विरमा “मंसिर २० गते झापा जाऔं,४ दिन बाकी,राप्रपाद्वारा आयोजित राज संस्था तथा हिन्दु राष्ट्र पुन स्थापनाको निमित्त आयोजित बृहत मोटरसाईकल (कार) ¥यालीमा सहभागी बनौँ ।” लेखिएको छ । पछिल्लो समय राजावादी समूहहरुले देशको विभिन्न स्थानहरुमा राजा सहितको हिन्दुराष्ट्रको लागि ¥यालीहरु गरिरहेका छन् । उनिहरुले धर्म निरपेक्षता,संघियता, २०७२ सालको संविधान खारेज गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने नाराहरु लगाएका छन् । यसैबिच राप्रपाले पनि मंसिर १९ गतेबाट मकवानपुरबाट खुलेरै राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा ¥याली शुरुआत गर्ने भएको छ ।









