काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९० हजार ५ सय ५० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








