• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अब कुरा होइन, काम र परिणाम चाहिन्छ : सिरिस पन्त “नारायणगढ व्यवसायको मूल हो, यसको अस्तित्व जोगाउनै पर्छ”

  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्योग र व्यवसाय केवल नाफाको विषय मात्र नभई रोजगारी सिर्जना, आत्मनिर्भरता र समृद्ध समाज निर्माणको आधार भएको उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदका उम्मेदवार सिरिस पन्तले बताउनुभएको छ।
    चितवनका उद्योगी–व्यवसायीको साझा आवाजलाई एकताबद्ध गर्दै विद्यमान समस्याको समाधान र नयाँ अवसर सिर्जनामा सक्रिय भूमिका खेल्ने स्पष्ट दृष्टिकोणका साथ आफू उम्मेदवार बनेको पन्तको भनाइ छ।

    नारायणगढ बजारको महत्व उजागर गर्दै पन्तले भन्नुभयो, “अब कुरा होइन, काम चाहिन्छ । आश्वासन होइन, परिणाम चाहिन्छ । आउनुहोस्, सबै मिलेर नारायणगढ बजार बचाउने अभियानमा हातेमालो गरौं । नारायणगढ हाम्रो व्यवसायिक मूल थलो हो, हाम्रो पहिचान हो र देशको गहना हो ।”
    उहाँले नारायणगढ चितवनको मात्रै नभई समग्र देशकै व्यवसायिक मूल केन्द्र भएको उल्लेख गर्दै यसको अस्तित्व जोगाउनु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो।

    पछिल्लो समय पार्किङ अभाव, अव्यवस्थित व्यवस्थापन तथा नीतिगत समस्याका कारण व्यवसाय गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै पन्तले व्यवहारिक तथा दीर्घकालीन पार्किङ विकल्पको व्यवस्था गर्ने स्पष्ट योजना आफूले अघि सारेको जानकारी दिनुभयो। “नारायणगढ बच्यो भने चितवनको व्यापार बच्छ,” भन्दै उहाँले व्यवसायमैत्री नीति निर्माण, उद्योगी–व्यवसायीको हकहितको संरक्षण, पारदर्शी तथा उत्तरदायी नेतृत्व र नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    युवा ऊर्जा, व्यवसायिक सोच र परिवर्तनको अठोटका साथ अघि बढेका पन्तले पछिल्लो समय बढ्दो पोके बजारिकरणका कारण परम्परागत व्यवसायमा नकारात्मक असर परेको उल्लेख गर्दै बोल्ने तर काम नगर्ने प्रवृत्ति हावी भएको टिप्पणी गर्नुभयो। अब युवाले आफ्ना स्वार्थ मात्र होइन, सबै व्यवसायी बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।

    अब समय आएको छ परिवर्तनका लागि मतदान गर्ने भन्दै पन्तले समृद्ध चितवन र सशक्त व्यवसायिक नेतृत्वका लागि उद्योग वाणिज्य संघ चितवनको नेतृत्वमा आफूलाई समर्थन गर्न उद्योगी–व्यवसायीलाई आह्वान गर्नुभयो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.