चितवन। साैराहाकाे राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा हुर्कदै आएकाे गैडाकाे बच्चा पुष्पालाई अब जगंलमा छाडिने भएको छ। गत साल माघ ३ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने तमासपुरको जंगलमा आमा सगं छुट्टीएको अवस्थामा भेटिएको गैंडाकाे बच्चालाई निकुञ्जको टोलीले उद्वार गरेर सौराहाकाे प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र परिसरमा हुर्काउदै आएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख बाबुराम लामिछानेका अनुसार अब भने पुष्पालाई जगंलमा लगेर छाडिने भएकाे छ। पुष्पाले जन्मेबाटै जंगलको बसाइ व्यहोरेकी छैन। त्यसैले उसलाई तत्कालै जंगल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्ज भित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबारगरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ) मा लगेर राखिने र जङ्गल कै प्रकृतिमा रमाउने सक्ने भएपछि जङ्गल लगेर छाडिने उनको भनाइ छ। केही महिना अघिसम्म गाई, भैंसीको दूधमात्रै खाने पुष्पा अब जङ्गल जानी भएको भन्ने सुन्दा आफुलाइ दु:ख लागेको उसको हेरचाहमा खटिएका लाल बहादुर महताराले बताउँछन्। आफ्नै हातले दिन रात नभनि दूध खुवाएर बच्चालाई जसरी नै स्यार गरेर हुर्काएको पुष्पा बल्ल घाँस खाने भएकी छ। पुष्पालाई अव जंगल लैजाने भन्दा नमारइलो लागेकाे छ । उनी भन्छन् जंगल लगेपनि म बेलाबेलामा हेरचाहाका लागि गइरहनेछु । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले जंगलमा टुहुरो अवस्थामा भेटिएका जनावरहरूलाई उद्धार गर्दै आश्रय दिने गरेको छ। राष्ट्रिय निकुञ्ज र यहाँ गरी अहिलेसम्म २५ वटा गैंडाका टुहुरा बच्चाहरूको उद्धार गरिएको छ। जसले गैंडा संरक्षणमा ठूलो भुमिका खेलेको छ।








