• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुरको छेच्यु गुम्बामा माघ १० गते विविध साँस्कृतिक कार्यक्रम हुने राष्ट्रिय कलाकार फूलकुमार, सेलो गायक मदनको बेजोड प्रस्तुति

  •   मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरका तामाङ समुदायले २८६३औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

    भरतपुर–११ स्थित छेच्यु थर्पलिङ गुम्बामा यही माघ १० गते उक्त साँस्कृतिक कार्यक्रम गर्न लागेको भरतपुर नगर तामाङ समाजका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिए ।

    हरेक वर्ष ल्होछारकै दिनमा गर्ने कार्यक्रमलाई यो पटक ल्होछारको पहिलो शनिबार गर्ने निर्णय भए अनुसार नयाँ थालनीको सुरुवात गरिएको समाजका अध्यक्ष लामाले बताए ।

    छेच्यु गुम्बामा चन्द्र पात्रो अनुसार माघ ५ गते ल्होछारको दिन भेंडा वर्गलाई विदाई तथा घोडा वर्गलाई स्वागत गरिएको थियो । तामाङ समुदायले ल्होछारमा आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने, दाजुबहिनी तथा आफन्तजनहरुलाई बोलाएर मीठोमीठो खुवाउने, रमाइलो गर्ने गर्दछन् ।

    गुम्बामा २०६६ सालदेखि हर्षोल्लासका साथ मनाउँदै आएको सोनाम ल्होछारको अवसर पारेर गरिने उक्त कार्यक्रममा रक्तदान तथा राष्ट्रिय कलाकार फूलकुमार बमजन, सेलो मदन घलान र स्थानीय कलाकारहरुको प्रस्तुति रहने उनले बताए ।

    कार्यक्रमकै लागि म्हाणिमा आमा समूहलाई डम्फू तालिम समेत दिइएको उनले भने । डम्फू तालिमले तामाङको संस्कृति जोगाउन थोरै भएपनि सहयोग पुग्ने उनको विश्वास छ ।

    उनले कार्यक्रममा सम्पूर्ण तामाङ तथा अन्य समुदायहरुलाई सहभागिताका लागि आह्वान समेत गरेका छन् । ल्होछार पर्व जापान, कोरिया, चीन, हङकङ, मकाउलगायतको देशमा हरेक वर्ष भव्यताका साथ मनाउँदै आएको छ ।

    कार्यक्रममा भरतपुर नगर तामाङ समाजका पूर्व अध्यक्ष गंगा लामाले तामाङलाई एकताको शुत्रमा बाँध्न साँस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    राज्यले हामी तामाङ समुदायलाई सधैँ थिचोमिचो गर्दै आएको र यस कार्यक्रमबाट राज्यलाई खबरदारी र हाम्रो अधिकारलाई सुनिश्चित गराउन बल पुग्ने उनको भनाइ थियो ।

    कार्यक्रममा भरतपुर नगर तामाङ समाजका संस्थापक अध्यक्ष दिलमाया तामाङ, पूर्वअध्यक्ष पासाङ तामाङ, उपाध्यक्ष अनिष लामा, महिला उपाध्यक्ष सरिता तामाङ, सचिव सीताराम तामाङ, छेच्यु थर्पलिङ गुम्बाका पञ्चबहादुर तामाङ, अधिवक्ता अजयकुमार तामाङ लगायत विभिन्न तामाङ समुदायका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    समाजले विगत १७ वर्षदेखि छेच्यु थर्पलिङ गुम्बामा तामाङ समुदायको महान पर्व सोनाम ल्होछार मनाउँदै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.