चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार मिना खरेलले आफूले चितवनको समाजका लागि विगतदेखि गर्दै आएको काम सबैलाई राम्रैसँग थाहा भएको बताएकी छन्। एक कार्यक्रममा बोल्दै उनले समाज परिवर्तनका लागि आफु निरन्तर रूपमा सक्रिय रहँदै आएको उल्लेख गरिन्।
खरेलले महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा आफूले पुर्याएको योगदानलाई चितवनवासीले नजिकबाट नियालिरहेको बताइन्। “मैले चितवनको समाजका लागि गरेको काम बोलिरहनु पर्दैन, यहाँका नागरिकले आफैं महसुस गरेका छन्,” उनले भनिन्
अहिले गरेको कामलाई संस्थागत गरी कानुनी निर्माण गर्ने ठाउँमा पुर्याउनु आफ्नो लक्ष भएको बताइन् । मैले गरेको कामलाई जनतालाई थाहा छ त्यसको मुल्याङ्कन उहाहरुले नै गर्नुहुन्छ उनले भनिन् ।
उनले जनतामुखी विकास आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरिन्। उनले आगामी दिनमा पनि समाजको हितका लागि जिम्मेवारीपूर्वक काम गर्दै जाने प्रतिबद्धता जनाउँदै सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्।








