• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

“अँध्यारोमा हराउँदै गएको नाबालिकाको भविष्य उज्यालो बनाउने मीना कुमारी खरेल”

  •   सोमबार, माघ १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अँध्यारोमा हराउँदै गएको नाबालिकाको जीवनमा आशाको उज्यालो ल्याउने हात हुन् समाजसेवी तथा अभियन्ता मीना कुमारी खरेल।

    १२ वर्षीया एक नाबालिका उषा (नाम परिवर्तन) आँखा भरि आँसु लिएर पहिलो पटक मीना कुमारी खरेलको सामु पुगेकी थिइन्। उनी बोल्न सक्ने अवस्थामा थिइनन्। मनभित्र थुप्रिएका पीडा, डर र अपमानका अनुभूति आँसु बनेर बगिरहेका थिए। उमेरले सानी भए पनि उनले भोगेको पीडा शब्दमा बयान गर्न नसकिने खालको थियो। समाजको चिसो व्यवहार, डर, लज्जा र एक्लोपनले उनको बालमन गहिरा घाउहरूले भरिएको थियो।

    त्यही कठिन क्षणमा उनले पहिलो पटक मीना कुमारी खरेललाई भेटिन त्यसपछी आफूलाई सुरक्षित महसुस गरिन्। मीना कुमारी खरेलले न त उनलाई प्रश्नको कठघरामा उभ्याउनुभयो, न दोषी ठहर गर्नुभयो। बरु ध्यानपूर्वक सुन्नुभयो, सहानुभूति व्यक्त गर्नुभयो र “तिमी गलत होइनौ” भन्ने आत्मविश्वास दिलाउनुभयो।

    आमा जस्तै बनेर काँपिरहेको हात समात्दै दिएको त्यो भरोसाले नाबालिकाको जीवनमा निर्णायक मोड ल्यायो। भत्किँदै गएको बालपनमा फेरि आत्मबल पलायो, फेरि बाँच्ने इच्छा जाग्यो। उचित संरक्षण, साथ र मार्गदर्शन पाएपछि उनको जीवनले नयाँ दिशा पायो। अहिले उनी आफ्नो जीवनमा सफल भइसकेकी छन् र नयाँ अध्याय सुरु गरिसकेकी छन्। अहिले ती बालिका ठूली भइसकेकी छिन्।

    आज उनी भावुक हुँदै भन्छिन्, “मीना कुमारी खरेल दिदी नहुनुभएको भए आज म यो संसारमै हुन्नथेँ।”

    यो कथा केवल एउटी नाबालिकाको पीडाको कथा मात्र होइन; यो त्यो हातको कथा हो, जसले एक बेसहारा बालिकालाई उद्धार गरी सुरक्षित र सुधारिएको जीवनतर्फ डोर्‍यायो। यही मानवीय संवेदना, साहस र निरन्तर सामाजिक प्रतिबद्धताका कारण आज मीना कुमारी खरेल हजारौँ महिला, बेसहारा र टुहुरा बालबालिकाको आशा, भरोसा र संरक्षणको प्रतीक बनेकी छिन्।

    बालअधिकार, महिला सशक्तीकरण र पीडित संरक्षणका क्षेत्रमा उनको योगदान समाजका लागि प्रेरणादायी बनेको छ। अँध्यारोमा हराउँदै गरेका बालजीवनहरूका लागि उनी आज उज्यालो दीप बनेर उभिएकी छिन्।

    उनी सानैदेखी राजनितिलाई बुझेर सामाजिक कार्यमा सकृय रहदै आएकी पात्र हुन् । हाल उनी नेपाली काँग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ को उम्मेदवार बनेकी छन् । उनले लामो समयदेखी समाजमा गरेको योगदानका कारण सबैको मन मुटुमा बस्न सफल भएकी छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.