• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सामाजिक सेवामा जीवन समर्पण गरेकी मिना खरेल चितवनको उम्मेदवार हुनु गर्वको विषय हो : सिता सापकोटा

  •   बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन – सामाजिक सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी मिना खरेल चितवन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार हुनु सम्पूर्ण क्षेत्रका लागि गर्वको विषय भएको मिना खरेलकी सहकर्मी तथा साथी सिता सापकोटाले बताएकी छन्।

    सिता सापकोटाका अनुसार वि.सं. २०४९ सालतिर चितवन जिल्लामा उनीहरू भर्खर १५/१६ वर्षको किशोर अवस्थामा थिए। स्कुल सकाएर कलेजमा भर्खर प्रवेश गरेको समयमा समाजमा असहाय, गरिब, महिला तथा बालबालिका अत्यन्त जोखिममा थिए। दाइजो प्रथा, बलात्कार र महिला बेचबिखनका घटनाहरू बढ्दो अवस्थामा रहेको बेला मिना खरेलसहित केही साथीहरूले “अब केही गर्नैपर्छ” भन्ने अठोटका साथ सामाजिक काम सुरु गरे।

    त्यो समयमा गोजीमा एक सय रुपैयाँ पनि नभएको स्मरण गर्दै सापकोटाले भनिन्, “हामीले चितवनका सडक बालबालिकादेखि हिंसामा परेका महिलासम्मको उद्धार र सहयोगमा काम थाल्यौं। किशोर उमेरमै मिना खरेलले सामाजिक सेवामा पाइला चाल्नुभयो, जुन आजसम्म निरन्तर छ।”

    सिता सापकोटा आफ्नो भविष्य बनाउन युरोप गएको बताउदै मिना खरेलले विवाहसमेत नगरी आफ्नो सम्पूर्ण जीवन सामाजिक सेवामै समर्पण गरेको बताइन्। “पढेलेखेकी, सक्षम महिला भएर पनि जागिर, व्यापार गरेर व्यक्तिगत भविष्य बनाउन सक्नुहुन्थ्यो, तर उहाँले सबै कुरा त्यागेर समाजसेवामा आफूलाई अर्पण गर्नुभयो,” उनले भनिन्।

    मिना खरेलद्वारा सञ्चालन गरिएको आदर्श गृह अहिले हजारौँ अनाथ बालबालिका, असहाय महिला र वृद्धहरूको सहाराको केन्द्र बनेको छ। सापकोटाका अनुसार आदर्श गृह केवल एउटा संस्था नभई देशभरका दिनदुःखीहरूको घर हो।

    सापकोटाले भनिन्, “मिना खरेल जस्तो महिला चितवन–२ बाट उम्मेदवार हुनु सौभाग्यको कुरा हो। उहाँले यस क्षेत्रलाई दिनुभएको योगदान नै उहाँको जितका लागि पर्याप्त आधार हो। यस क्षेत्रमा उहाँजस्तो काम गरेर देखाउने अर्को उम्मेदवार छैन।”

    उम्मेदवारीको खबर पाउनासाथ आफू सात समुद्रपारिबाट सहयोगका लागि नेपाल आएको बताउँदै उनले भनिन्, “हामीले आफ्नो भविष्य हेरेर विदेश गयौं, तर मिना खरेलले व्यक्तिगत सुख–सुविधा त्यागेर महिला र बालबालिकाको भविष्यका लागि अहोरात्र काम गरिरहनुभएको छ।”

    नेपाली कांग्रेस पार्टी परिमार्जित भएर आएको उल्लेख गर्दै सापकोटाले भनिन्, “नेपाली कांग्रेसले गफ र भाषण गर्ने होइन , काम गरेर देखाउने उम्मेदवार पाएको छ। मिना खरेल जस्तो निष्ठावान, कर्मशील र समर्पित उम्मेदवार पाउनु चितवन–२ का लागि ऐतिहासिक अवसर हो।”

    अन्त्यमा उनले सबै मतदातालाई आग्रह गर्दै भनिन्, “गफ गर्ने धेरै आउँछन् र जान्छन्, तर जनताको सेवा गर्ने व्यक्ति सधैँ जनतासँगै हुन्छ। अब बितिसकेपछि मूल्याङ्कन गर्ने होइन, अहिले नै सही निर्णय गर्ने बेला आएको छ । चितवन–२ बाट बहुमत दिएर रुख चिन्हमा मतदान गरी मिना खरेललाई जिताऔँ। यो जित चितवनका लागि मात्र होइन, समग्र नेपाली नारीहरूको अधिकार र आवाजका लागि हुनेछ।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.