चितवन । चितवन क्षेत्र नं.२ की उम्मेदवार मीना कुमारी खरेलको मतदाता भेटघाट कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ। “हामी आउँदैछौँ, तपाईंको टोल–टोलमा” भन्ने नारासहित सुरु गरिएको भेटघाट कार्यक्रममा कालिका नगरपालिकाका विभिन्न वडाहरुमा उत्साहजन उपस्थिथि देखिएको हो।
खरेल यतिबेला चितवन २ अन्तरगत भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका विभिन्न वडा, टोल, गाउ पुगेर मतदाता भेटघाट गरिरहेकी छन्। चुनाव नजिकेसँगै मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाइएको छ।
घरदैलो अभियानमा विशेशगरी महिलाहरूको उत्साहजनक सहभागिता देखिएको छ । आमा समूह, दिदीबहिनी तथा युवतीहरूले खरेल उम्मेदवारका रूपमा अघि सर्नु समुदायका लागि सकारात्मक सन्देश भएको बताएका थिए। साथै, अन्य मतदाता, युवावर्ग, ज्येष्ठ नागरिक र स्थानीय व्यवसायीहरूले समेत खुलेर सहयोग र समर्थन जनाएका थिए। मीना खरेलले निर्वाचित भएमा महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासका क्षेत्रमा ठोस पहल गर्ने बताएकि छन् ।
यस्तै उम्मेदवार खरेलद्वारा हिजो शुक्रबार कालिका नगरपालिका वडा नम्बर १ र ६ मा स्थापना गरिएको प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन गरेकी छन् । उद्घाटनसँगै ती वडामा चुनावी गतिविधि थप सक्रिय बनाइएको छ।
अभियानमा देखिएको सहभागिता र सकारात्मक प्रतिक्रियाले चितवन–२ अन्तर्गत कालिका नगरपालिकामा खरेलप्रति बढ्दो जनविश्वास झल्किएको कांग्रेस पक्षले जनाएको छ।








