• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धनको रणनीति कार्यान्वयन गर्ने सरकारको निर्णय सकारात्मक- महासंघ

  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति तत्काल कार्यान्वयन गर्ने निर्णयलाई सकारात्मक रूपमा लिएको जनाएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस निर्णयले निजी क्षेत्रका व्यवसाय, लगानी र व्यक्तिगत सुरक्षामा सरकारको प्रतिबद्धता देखिएको बताए। उनले यसबाट निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको पनि उल्लेख गरेका छन् । सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यक्रममा यो रणनीति समेटिएको छ। देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढीकरण र निजी क्षेत्रप्रति विश्वास पुनःस्थापना गर्ने उद्देश्यले मन्त्रिपरिषदले उक्त रणनीति स्वीकृत गरी तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

    सरकारले यस रणनीतिमार्फत भौतिक सुरक्षा र सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, नियम सहज बनाउने व्यवस्था, लगानी प्रवर्द्धन तथा युवा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम अघि बढाउने जनाएको छ । भदौ २३ र २४ गतेको प्रदर्शनपछि निजी क्षेत्रका व्यवसाय, आवास र प्रतिष्ठानमा भएको तोडफोड तथा आगजनीबाट प्रभावित व्यवसायलाई राहत र सहजता प्रदान गर्न महासंघले प्रस्ताव पेश गरेको थियो। मन्त्रिपरिषदले आवश्यक सहुलियत दिने निर्णय पनि गरेको छ । नीतिगत सुधारका लागि महासंघको आग्रहअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरू कार्यान्वयन गर्ने निर्णय पनि सरकारले गरेको छ। यसअनुसार १५ वटा कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।

    महासंघले आर्थिक सुधारको दोस्रो चरणका लागि मार्गचित्र तयार पार्न उच्चस्तरीय आयोग गठन गर्न यसअघि नै सरकारसँग आग्रह गरेको थियो। अध्यक्ष ढकालले राष्ट्रिय आर्थिक रूपान्तरण २०३० अभियानअन्तर्गत आवश्यक कानुन संशोधन, परिमार्जन र खारेजीका लागि पहल गरिएको बताए । यसैगरी विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्ड, उद्योग विभागलगायत समान प्रकृतिका निकायलाई एकीकृत संरचनामा ल्याउने निर्णयले सेवा प्रवाह सरल हुने विश्वास व्यक्त गरिएको छ । सरकारले अधिकांश सेवा डिजिटल माध्यमबाट प्रदान गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाएको छ। साथै सबै व्यावसायिक सेवा एउटै स्थानबाट उपलब्ध गराउने गरी ४५ दिनभित्र एकद्वार सेवा प्रणाली तयार पार्ने योजना अघि बढाइएको छ ।

    ऊर्जा उत्पादन र निर्यातलाई प्रोत्साहन गर्ने विषयलाई पनि सकारात्मक रूपमा लिइएको छ। ऊर्जालाई कच्चा पदार्थका रूपमा प्रयोग गरी उत्पादनमुखी उद्योगलाई सहुलियत दरमा उपलब्ध गराउन सके दोहोरो लाभ हुने महासंघले जनाएको छ । महासंघले गत कार्तिक २२ गते आयोजना गरेको आर्थिक बहस कार्यक्रममा बदलिँदो परिस्थितिमा यस्तो रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको ध्यानाकर्षण गराएको थियो । त्यसपछि शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा थप छलफल गरी महासंघले सरकारसमक्ष अवधारणापत्र पेश गरेको थियो ।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.