चितवन । वन्यजन्तुका लागि चितवन राष्ट्रिय निकुञ्जले नयाँ घाँसे मैदान र पोखरी निर्माण गर्ने भएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार चालू आर्थिक बर्षमा ११ सय हेक्टरमा घासेँ मैदान व्यवस्थापन गरिने छ । बरालका अनुसार ७ सय हेक्टरमा नयाँ घाँसे मैदान र ४ सय हेक्टरमा पुरानो घाँसे मैदानको व्यवस्थापन गरिनेछ । उनका अनुसार घासे मैदान निर्माणका लागि साँढे ३ करोडको बजेट बिनियोजन भएको छ भने पुरानो घासे मैदान व्यवस्थापनका लागि १करोड बजेट बिनियोजन भएको छ । घाँसे मैदानको टेन्डर भइसकेको र ठेकेदार कम्पनीले ६१ प्रतिसतले काम गर्न तयार भएका छन् । जंगलभित्र घाँसे मैदानको अभाव भएपछि बन्यजन्तुहरु बस्ती क्षेत्रमा प्रवेश गर्ने र मानवीय क्षती सहित कृषकका वालीनाली नोक्सान गर्ने गुनासो बढेपछि बजेट नै विनियोजन गरी काम सुरु गरिएको बरालले जानकारी दिए । उनका अनुसार केही दिन भित्र काम सुरु गरिने छ । तोकिएको समयमा काम पूरा नभए भुक्तानी समेत नहुने सर्तका टेन्डर गरिएको हो । निकुञ्जले घाँसे मैदान सहित पोखरी निर्माण तथा मर्मत कार्य सुचारु गरेको छ । २( २ लाखका दरले नयाँ पोखरी निर्माण हुने भएको छ भने १ लाखको दरले पोखरी निर्माण गरिएको बरालले जानकारी दिए ।
त्यस्तै पछिलो समयमा जनशक्ति र बजेट समेत कम भएकाले अहिले चुनौति थपिदै गएको उनले बताए । निकुञ्जमा गैडां मर्ने क्रम बढेपछि घासे मैदान र पानी पोखरीको व्यवस्थापनमा जोड दिएको हो । चालू आर्थिक वर्षमा मात्रै १७ वटा गैडा मृत अवस्थामा फेला परिसकेको छ । जसमध्ये १३ वटा प्राकृतिक कारण हो भने ४ वटा चोरी शिकारीबाट मरेको हो । साथै चालु आर्थिक वर्षमा निकुञ्जमा ३ वटा हात्ती , १६ वटा चित्तल , २ वटा चितुवा , २वटा रतुवा मरेका छन् । निकुञ्जका अनुसार मंसिरको दोस्रो हप्तासम्ममा ५१ वटा वन्यजन्तु मरेका छन् ।








