काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भू(भागहरु र प्रदेश नं २ मा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर २४ गते (बुधबार) दिउँसो स् प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती ः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू–भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम प्रदेशको हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंसिर २५ गते (बिहिबार) दिउँसो प्रदेश नं १ का पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। राती ः प्रदेश नं १ का पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मंसिर २६ गते (शुक्रबार) दिउँसो ः देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश नं १ को पहाडी भूभागका एकरदुई स्थानमा हल्कारफाटफुट बर्षाको सम्भावना समेत रहेको छ ।राती ः देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।








