काठमाडौं । हाल दक्षिणपूर्वी अरेबीयन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव देशभरको मौसममा परेको छ । हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशका बाँकी भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ। प्रदेश नं १ को पहाडी भू–भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश नं १ को मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी स्थानहरुको मौसममा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








