• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

हावाको पछाडि दौडिने नेपालीको बानी र यसमा सोसल मिडियाको भूमिका

  •   बुधबार, चैत २६, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्व अहिले कोरोना भाइरसबाट त्राही भएको बेला नेपाल सरकारले पनि आफ्नो जनताको जीवन बचाउन देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ । तर यहाँका केही मानिसहरु अनेकौ बहाना गरेर बाहिर निस्कने घुम्ने गरिरहेका छन् । मानौं हामी अन्य बेलामा पार्टीहरुले गरेको विरोध कार्यक्रमलाई अवज्ञा गरेजस्तै गरी । सुरक्षाकर्मीले देखेसम्म त्यस्तालाई नियन्त्रणमा लिने पनि गरेको छ । विश्वमा नै यो भाइरसबाट वच्न एक मात्र उपाय भनेको लकडाउन हो । लकडाउनको अर्थ कमभन्दा कम मानिस यसको संक्रमणमा परुन् भन्ने हो । किनकि आजको मितिसम्म यसको औषधि बनेको छैन । हाम्रो जस्तो अल्पकविकसित मुलुक जहाँ स्वास्थ्य सेवा अझै पूर्ण रुपमा जनताको पहुँच बाहिर छ । यहाँ रोग पैmलियो भने जुन विकराल रुप लिन्छ । त्यसको कल्पनासम्म पनि गर्न सकिदैन । अहिले कोरोना भाइरसबाट सबै नेपालीलाई कसरी बचाउने भन्दा पनि केही उद्दण्ड ब्यक्तिहरु राजनिती गर्न र अनावश्यक हल्ला गर्न ब्यस्त देखिन्छन् । नेपाल सरकार आफ्नो पहँुचले भ्याएसम्म आफ्नो नागरिकलाई बचाउन लागि परेको छ तर त्यहिँ उद्दण्ड ब्यक्तिहरुले सरकारको आलोचना मात्रै गरिरहेका छन् । त्यो आलोचना पनि हल्लाको भरमा केहि नबुझी । अहिले यो बिपतको बेलामा राज्यलाई साथ दिनुको सट्टा कसैले मध्यावधि चुनावको माग गरेको देखिन्छ । सम्पूर्ण विश्व नै शताब्दीकै सबैभन्दा कठिन स्थितिबाट गुज्रिरहेको बेला यसलाई अवसरको रुपमा लिन खोज्ने हाम्रो देशको राजनीतिक पार्टी देख्दा अचम्म भन्दा पनि लज्जाको अनुभूति हुन्छ । हातमा हात मिलाएर सरकारभन्दा एक कदम अगाडि बढेर यो विषम परिस्थितिको सामना गरे भने स्वतः अर्को चुनावमा जनताले अवसर दिइ हाल्छन् । तर त्यति समय पनि कुर्न सक्ने क्षमता हाम्रा राजनीतिक पार्टीहरुमा देखिएन । सरकारमै रहेका केहि पदाधिकारीहरुले पनि गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिइरहेका छन् । सम्बन्धित विज्ञहरुको सल्लाह र सुझाव लिई त्यसै अनुरुप चलिरहेको विश्वका अन्य देशहरुको परिवेशमा हाम्रा मन्त्री तथा सचिवहरु चाहिँ अनुमानका भरमा वक्तव्यबाजी गर्नमै व्यस्त छन् । किट सामग्री, पिपिइ, भेन्टिलेटर लगायत अत्यावश्यक सामग्रीहरु कसरी छिटो जोहो गर्ने भन्दा पनि हचुवाका भरमा आइसोलेसन सेन्टर खडा गर्नमा व्यस्त छन् । यसले रोग नियन्त्रण होइन बरु फैलाउनमा भूमिका खेल्छ । नेपाल सरकारले सबै बिपन्न नागरिकहरुलाई राहत एक द्वार प्रणालीबाट बाँडिने निर्णय गर्दागर्दै पनि केहि धनाड्यहरु आफुहरु कथित समाजसेवी हो भन्ने देखाउन आफू खुसी राहत बाँड्दै हिँडेका छन् । अझ सोसल मिडियामा कसरी आफूलाई देखाउने भन्नेमा नै प्रतिस्पर्धा चलिरहेको छ । मानौं यो समय भनेको आफूलाई कसरी विज्ञापन गर्ने भन्नेमा व्यस्त छन् । अहिले जसलाई राहत आवश्यक परेको छ । जो यसको हकदार छन् । उनीहरु सोझै मिडियामा देखिन चाहँदैनन् । किनकि उनीहरु श्रमिक भए पनि, मजदुर भए पनि आफूले माग्दै गरेको तस्बिर सोसल मिडियामा देखिन चाहँदैनन् । किन यो उनीहरुको बाध्यात्मक अवस्था हो । राहत दिन विज्ञापन नै गर्नु पर्दैन । सम्बन्धित ठाउँमा गएर पनि दिन सकिन्छ । यो रहर होइन बाध्यता हो । अहिलेको यो महामारीबाट आफ्ना नागरिकलाई बचाउने काम सरकारको मात्र होइन भन्ने पनि सबै राजनीति दलले बुझ्नु पर्ने हुन्छ तर नेताहरु दुलो भित्र पसि राजनीति गर्ने चारो जनतालाई फालिरहेका छन् । आफू पनि नगर्ने र सरकारले गर्न खोज्दा पनि गर्न नदिने भालुको प्रवृत्ति निभाउँदै छन् । घरमा बसेर राजनीति गर्नु भन्दा ती नेताहरु बाहिर आएर गरे जनताको जीवन केही मात्रामा भए पनि सहज हुनसक्थ्यो होला ।
    हामी नेपालीको बानी कस्तो छ भने कान नछामी कागको पछाडी डौडिने प्रवृत्तिको छ । हिजो दिपावाली गर्ने भनेर एउटा भ्रामक समाचार फेसबुक मार्फत भाइरल भयो । हामी त्यहि नेपाली हौं जसको बास्तविकता नबुझी दिपावाली गर्न ब्यस्त भयौं । कसैले मानिसको भिडभाड कम भएको कारण सौराहामा हरिण मृग बजारमा भनेर विदेशको फोटो पोष्ट गर्दा अधिकांश नागरिकले त्यो फोटो कहाँको हो भन्ने बुझ्दै नबुझी आ–आफ्नो फेसबुकमा सेयर गर्न ब्यस्त भए । हाँसो लाग्छ आफुलाई नेपालको बुद्धिजिवी भन्नेले पनि सो फोटो सेयर गरिएको देखियो । यसबाट के प्रष्ट हुन्छ भने हाम्रो सोसल मिडिया कतिसम्म बेलगाम घोडा भइसकेको छ । यहाँ हरेक मान्छे डाक्टर देख्न पाइन्छ । हरेक मान्छे स्वास्थ्य विज्ञ, मन्त्री देख्न पाइन्छ । यतिधेरै भ्रामक र अपुष्ट समाचारहरु शेयर हुन्छ जसले गर्दा साँचो र आवश्यक सूचना लगभग मानिसले पाउनै छाडिसके । कुन सहि र कुन गलत भन्ने छुट्याउन नै गाह्रो भइसक्यो । भर्खरै पोष्ट भएको इटालीमा पैसा फालिएको एउटा फोटो जुन केहि वर्ष अगाडिको हो । तर यसलाई हालसालैको घटनासँग जोडेर पोष्ट गरिएको छ । यसैबाट स्पष्ट हुन्छ नेपालीहरु हल्लाको पछाडी दौडिन्छन् र यसलाई मलजल गर्ने काम सोसल मिडियाले गरिरेको छ भनेर र अहिले भएको सरकारबिरोधी काम पनि तेस्तै हल्ला पछाडी दौडिए जस्तै हो । पछिल्लो समय विकसित भइरहेको अनलाइन मिडिया, इलेक्ट्रोनिक मिडियाले केहि मात्रामा नेपालीलाई भ्रामिक बनाउने काम गराउँदैछन् । कोरोना नभएको मानिसलाई कोरोना भएको छ भन्दै प्रचारबाजी गर्ने राष्ट्रीय टेलिभिजन पनि यहि छ र सहि समाचार दिने भन्दा पनि कसले पहिले दिने भन्ने होडबाजीमा गलत समाचार प्रसारण र प्रकाशन हुने क्रम बढ्दो छ । सरकारको विश्वास गरौँ । यदि तपाईँसँग सरकारले गलत गरेको छ भन्ने सहि सूचना छ, प्रमाण छ भने विरोध गरौँ तर बुझ्दै नबुझी हल्लाको भरमा कान खोज्न कागको पछाडी नदौडौं । सहयोग गरौं तर फोटो खिच्नको लागि होइन वास्तविक समाजसेवी बन्नको लागि ।
    (लेखक:स्मल हेभन मोडेल स्कुलकी शिक्षिका एबम साइकल तथा सरसफाइ अभियन्ता हुनुहुन्छ ।

    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती
    व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव नेपाल
    विचार: सूचना प्रविधि, सुशासन र विकास

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.