फिस्लिङर । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ ले किसानलाई ड्रागन फ्रुटको विरुवा वितरण गरेका छन् । बुधबार एक कार्यक्रमकाबिच वितरण गरिको हो । वडाले ५० प्रतिशत सहुलियतमा विरुवा वितरण गरिएको वडाध्यक्ष गोवर्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परिक्षणका लागि मात्र एक किसानलाई बढीमा ८ ओटा विरुवा सम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उहाँले बताउनुभयो । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ छ । वडाअध्यक्ष अधिकारीले भन्नुभयो, “अहिले परिक्षणका लागि बढीमा ८ ओटा सम्म मात्र वितरण गरेका हौँ, परिक्षण सफल भए आगामी दिनमा ड्रागन फ्रुटको खेतीलाई प्राथमिकताका साथ विस्तार गरिने छ । ” उहाँका अनुसार १९० ओटा विरुवा वितरण गरिएको छ । यसैबिच वडाले १० जना किसानलाई जनही एक÷एक ओटा हजारी पनि वितरण गरिएको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान सौचालय पद्धतिको तालिममा सहभागी १० जना किसानलाई उक्त हजारी निशुल्क वितरण गरिएको हो । माझ गाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल गुरुङ मार्फत वडाध्यक्ष गोवर्धन अधिकारीले हस्तान्तरण गर्नुभयो । वडा सदस्य दमनकुमारी चेपाङ, द सेवा नेपालका अध्यक्ष श्रीरेन्द्र प्रसाद पोखरेल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।








