गैँडाकोट । गैँडाकोटमा आज फेरि विद्युत अवरुद्ध हुने भएको छ । आज विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म नै विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जानकारी दिएको छ । ट्रान्सफर्मरको स्तरोन्नती कार्य गरिने र गैँडाकोट नगरपालिकाको वडानम्वर ३,४,५,६,७,८, र ९ का विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । वितरण केन्द्रका मुकुन्दपुर ३३र११ केभी सव स्टेशनको ट्रान्सफर्मरलाई अप ग्रेडिङ गरिने भएको हो । काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत लाईन सुचारु हुने गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो ।









