चितबन । चितबनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेमा बोलेरो दुर्घटना भएको छ । जलबिरे- चन्डीभञ्याङ ग्रामिण सडकमा चल्ने ४ च ५०५० नम्वरको बोलेरो आँफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा २को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अहिले घाइतेको उद्धार गरि उपचारको लागि भरतपुर पठाएको छ। घटना बारे थप विवरण आउन बाकी रहेको छ ।








