चितवन। रत्ननगर उद्योग बाणिज्य संघ चितवनको २१ औं साधारण सभा तथा नवौं अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनमा बरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको निर्वाचन हुँदैछ । साधारण सभाको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका व्यवसायीहरुले उद्योग र व्यापारलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने बताए । उनले देशमा उद्योग व्यापार फष्टाउन सकेमात्र संमृद्धि हांसिल गर्न सकिने धारणा राखे ।
साधारण सभाको बन्द सत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देविप्रसाद डल्लाकोटीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा विभिन्न प्रस्तावहरु पारित भएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाल ढकाल,नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ,संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।








