काठमाडौं । देशको पहाडी भू–भागहरुमा सोमबार आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । सोमबार राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








