काठमाडौँ । ललितानिवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विषेश अदालतले थुनामा राख्न आदेश दिएको छ । ललिता निवास प्रकरणमा आइतबार अदालतमा बयान दिन पुगेका बस्न्यातविरुद्ध न्यायाधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो । गत वर्ष माघ २३ गते आयोगले बस्नेतसहित १७५ जनाविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदा सरकारी जग्गा हडप्न भूमिका खेलेको आयोगको दाबी छ । उनीविरुद्ध ९ करोड ३५ लाख बिगो दाबी गरिएको छ ।








