• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

रसुवा बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सुनसान

  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा यतिबेला पर्यटकको आवागमन बढ्दै जाने बेला हो । विगतमा आन्तरिक तथा बाह्य पर्यटकहरु यो समयमा बढ्दै गएको तथ्यांक छ । तर यसपटक भने नगन्य मात्रामा पर्यटक सौराहामा भेटिन्छन् । अहिले होटलको अकुपेन्सी नै ५ प्रतिशत भन्दा कम छ । ‘अहिले हामीकहाँ पर्यटक नै छैन भन्दा फरक पर्दैन, सबैजसो होटलको अकुपेन्सी ५ प्रतिशत भन्दा कम छ’–क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले भने । घिमिरेले संचालन गरिरहेको जंगल सफारी लज होटलमा ३४ वटा कोठा छन् । अहिले केही कोठा बाहेक सबै खाली छन् ।

    भएका बुकिङ पनि रद्द भइरहेका छन् । मुग्लिन–काठमाडौँ सडक खण्ड अन्तरगतको धादिङस्थित कृष्णभीरमा बाढीले सडक नै बगाएपछि अहिले पर्यटकहरु चितवन आएका छैनन् । रसुवास्थित भोटेकोशीमा आएको बाढीले चितवनमा क्षति नपु¥याए पनि रसुवा, नुवाकोट, धादिङमा पु¥याएको क्षतिले ट्राभल एडभाइजरीहरुमा नेपाल बारे नराम्रा खबर मात्रै आएकाले यो समस्या आएको पर्यटन व्यवसायी घिमिरेले बताउँछन् । ‘पूर्व पश्चिम राजमार्गमा कुनै समस्या छैन, हवाई मार्ग हुँदै काठमाडौंबाट पोखरा र पोखराबाट चितवन राजमार्ग हुँदै आउन सकिन्छ तर नेपाल बारे अन्तर्राष्ट्रिय स्तरमा भयाबह अवस्था देखाइएकाले पर्यटन क्षेत्र मार परेको छ’–पर्यटन व्यवसायी घिमिरे भने । मुग्लिन–काठमाडौँ सडक खण्डको विकल्पको रुपमा अहिले हेटौंडा–काठमाडौं (कान्ती लोकपथ), त्रिभुवन राजमार्ग र हेटौंडा–कुलेखानीबाट काठमाडौं पुग्ने सडक मार्ग संचालनमा छ । यी बाटो भएर काठमाडौंबाट पर्यटकहरु चितवन आउन सक्छन् । काठमाडौँ–भरतपुर हवाई उडान हुने भएकाले यहाँ आउन सहज छ । तर चितवनमा पर्यटक भित्रिएका छैनन् ।

    केटीएम हस्पिटालिटी अन्तरगतको रोयल टुलिप चितवन होटल सौराहामा स्तरीय पर्यटकका लागि खुलेको नयाँ होटल हो । ६५ वटा कोठा रहेको यो होटलमा पनि भएका बुकिङ पनि धमाधम रद्द भइरहेका छन् । हालसम्म भएका बुकिङ मध्ये ८० प्रतिशत रद्द भएको होटलका अध्यक्ष रामेश्वार साहले जानकारी दिए । ‘बाढीले पर्यटन क्षेत्र निकै मारमा परेको छ, नेपालका पर्यटकीय क्षेत्रहरु बाढीबाट प्रभावित छैनन्, तर सबै ठाउँमा भयाबह रहेको सन्देश गएकाले पर्यटकहरु नेपाल आइरहेका छैनन्’–अध्यक्ष साहले भने । बुकिङ गरेका ५० प्रतिशत आन्तरिक तथा ३० प्रतिशत विदेशी पर्यटकहरुले बुकिङ रद्द गरेको साहले बताए । यो होटलमा कन्फ्रेन्स, सेमीनारहरु, विभिन्न संघसंस्थाहरुको बैठकका लागि समेत बुकिङ गरिएको थियो । ती सबै रद्द भएका छन् । ‘चितवनसहितका मुख्य पर्यटकीय क्षेत्रहरु सबै सुरक्षित छन्, तर सरकारी निकायकै पर्यटन विभागका सूचनाहरुमा समेत चितवनलाई प्रभावित देखाईएको छ, यसले नकरात्क असर परेको छ, अब पर्यटकीय क्षेत्रहरु सबै सुरक्षित रहेको मेसेज दिनुपर्छ’–अध्यक्ष साहले भने ।

    सौराहामा एकै रात ८ हजार पर्यटकलाई राख्न सकिने क्षमताका कुल १२५ वटा साना तथा ठूला होटलहरु छन् । ती सबै जसो होटल अहिले पर्यटकको पर्खाइमा छ । भएका बुकिङ पनि रद्द हुँदा पर्यटन व्यवसायी चिन्तित छन् । युनिक वाइल्ड रिसोर्टका संचालक एवं क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रसुवामा आएको बाढीका कारण पर्यटकीय क्षेत्र सौराहा पूर्ण रुपमा प्रभावित बनेको बताए । ‘हाम्रो पर्यटन क्षेत्र नराम्री प्रभावित बनेको छ, सौराहामा छिटपुट केही चिनियाँ पर्यटक देखिन्छन्, अरु पर्यटक देख्न मुश्किल भइसक्यो, अहिले सरदर होटलको अकुपेन्सी १ प्रतिशत पनि छैन’–उपाध्यक्ष थपलियाले भने । चितवन घुम्नका लागि पर्यटकहरु सौराहा मात्रै आउदैनन् । चितवनको पश्चिमी क्षेत्र पटिहानी र मेघौलीमा पनि स्तरीय विदेशी पर्यटकहरु पुग्ने गरेका छन् । यहाँ ठूला–ठूला स्टार होटलहरु रहेका छन् । ती होटलहरु पनि अहिले पर्यटकको पर्खाइमा पुगेका छन् । भरतपुर महानगरपालिका–२२, पटिहानीस्थित सोल्टी वेस्टेन्ड चितवन रिसोर्टमा रसुवामा आएको बाढीपछि पर्यटक देख्न मुश्किल छ । अहिले रिसोर्टको अकुपेन्सी मुश्किलले ५ प्रतिशत रहेको महाप्रवन्धक चोपलाल पाण्डे बताउँछन् ।

    ‘अहिले विदेशी पर्यटकहरुको धमाधम बुकिङ रद्दको मेसेज आइरहेको छ, बुकिङ भएकोमा करिव ४० प्रतिशत रद्द भइसकेको छ, अक्टोबर मात्र नभई नोभेम्बर सम्मको बुकिङ पनि रद्द गर्न थालेकाले समस्या जटिल बन्ने देखिन्छ’–पाण्डेले भने । ६२ वटा कोठा रहेको सोल्टीमा ३ वटा साना तथा ठूला हलहरु छन् । यो बेला कर्पोरेट विजनेशहरु प्नि आइरहेका थिए । तर ती सबै रोकिएका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्ज भ्रमणका लागि सौराहा, पटिहानी, जगतपुर, मेघौली आउने गरेका छन् । यहाँ निकुञ्जमा जीप सफारी, जंगलवाक गर्न पर्यटक पुग्ने गरेका छन् भने निकुञ्जसंग जोडिएका सामुदायिक वनहरुमा हात्ती सफारी, जीप सफारी, राप्ती नदीमा डुंगा सफारी गर्ने गरेका छन् । चितवनमा आर्थिक वर्ष २०८२/८३ मा २ लाख ७२ हजार बढी स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.