• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. बिचौलियाको मारमा किसान

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  •   बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत जलसिँचाइ आयोजना चितवनले यस आर्थिक वर्षमा अपुरा आयोजना सम्पन्न गर्न केन्द्रित भएको छ । आयोजनाले यस वर्ष १६ भन्दाबढी ठाउँमा ट्युबवेल खनेर अपुरो बनेका आयोजना सम्पन्न गर्दै छ । आयोजनाले यस आर्थिक वर्षमा विद्युतीकरण, मोटर खरिद, पम्पघर निर्माण र पाइपलाइन बिस्तारका लागि रु १० करोड विनियोजन गरेको छ । आयोजनाका प्रमुख विश्वबन्धु केसीका अनुसार यसअघि ट्युबवेल खनेर पनि अन्य संरचनाको कामका लागि बजेट अपुग भएका ठाउँमा काम गरिँदैछ । आयोजनाले चितवन, नवलपरासी ९बर्दघाट(सुस्ता पूर्व०, मकवानपुर, बारा, पर्सामा भूमिगत सिँचाइको काम गर्दै आएको छ ।

    ती सबै जिल्लामा आवश्यकताका हिसाबले योजना सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । आयोजनाले यसका अतिरिक्त पाँच ठाउँमा ट्युबवेल खन्न रु चार करोड विनियोजन गरेको छ । सिँचाइ प्रणाली मर्मतसम्भारको काम पनि गरिने उहाँले जानकारी दिनुभयो । आयोजनालाई यस आर्थिक वर्षमा भूमिगत जलसिँचाइको काम गर्न रु २५ करोड बजेट विनियोजन भएको छ । एउटा ट्युबवेलबाट ३० हेक्टर हाराहारी जमिन सिञ्चित हुने उहाँले जानकारी दिनुभयो । आयोजनाले विगत छ वर्षदेखि काम गर्दै आएको छ भने चितवनमा मात्रै भूमिगत सिँचाइका माध्यमबाट तीन हजार ५८४ हेक्टर क्षेत्रफल सिञ्चित गरिसकेको छ । केसीका अनुसार आयोजनाले विसं २०७७ देखि काम सुरु गरेकाकामा त्यसयता जिल्लामा १४२ वटा डिप बोरिङ र ३५७ वटा पावरड्रिल ट्युबवेल जडान गरी सो क्षेत्रमा सिँचाइ गरिएको हो ।

    चितवनबाहेक अन्य जिल्लामा गरेर आयोजनाले हालसम्म पाँच हजार ११७ हेक्टर क्षेत्रफल सिञ्चित गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी तीन जिल्लामा गरी २०२ वटा डिप बोरिङ र ६७० वटा पावरड्रिल ट्युबवेल जडान गरिएको छ । बारा र पर्सा जिल्ला यसैवर्षबाट थप गरिएको हो । पहाडी क्षेत्र र सिँचाइको अभाव भएका ठाउँमा यस परियोजनाले सिँचाइको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो । सिँचाइको व्यवस्था भएसँगै सो क्षेत्रमा बेमौसमी तरकारी, समयमा अन्नबाली लगाउने गरेका छन् । पछिल्ला वर्ष आयोजनामा बजेट कम हुँदा मागअनुसार काम गर्न नसकिएको प्रमुख केसीले बताउनुभयो । यसवर्ष आयोजनाले विगतमा निर्माण गरेका ट्युबवेलहरुको बाँकी काम गर्दैछ । कतिपय ठाउँमा ट्युबवेल निर्माण गरेर पाइपलाई जडानको काम बाँकी रहेको छ । पहिलेपहिले पानीको अभावमा खेती गर्न नपाएका कृषकले अहिले नगदेबाली लगाएर आयआर्जन बढाउन थालेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.