• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  •   बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वदेश तथा विदेशमा रहेका अधिकांश नेपालीहरु घरघरमा जम्मा भएर दसैंको टीका लगाईरहँदा बिरामी परेर बाध्यताले अस्पतालको बेडमा बस्नेहरु पनि खाली निधार बस्नु परेन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको बेडमै रहेकाहरुलाई दसैँको टीका लगाउने व्यवस्था गरेको हो । अस्पतालमा भर्ना भएर बसेका बिरामीलाई नर्सहरुले टिका लगाईदिएका थिए भने अस्पतालमा रहेका आफन्तहरुले पनि एकआपसमा टीका लगाएर दसैं मनाएका छन् । सिएमसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रताप देवकोटाले अस्पतालमा रहँदा दसैंको टीका ग्रहण गर्न नपाएर खल्लो नहोस् भन्नका लागि अस्पतालभित्रै टीका लगाउने व्यवस्था गरिएको बताउनुभयो । रातो टीका, जमरा र फलफूलको व्यवस्थापन गरेर सबै बिरामी र कुरुवालाई टीका लगाईएको उहाँले बताउनुभयो ।

    अस्पतालका नर्सिङ इञ्चार्ज करिश्मा केसी, सजिना लामा, साधना अधिकारी लगायत नर्स र स्वास्थ्यकर्मीहरुले बिरामीलाई टीका लगाईदिनु भएको थियो । टीका लगाउँने कार्यमा सक्रिय नर्स साधना अधिकारीले अस्पतालमा रहेका एक सय ५० बिरामीलाई टीका लगाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले आईसियु, क्रिटिकल केयर र बच्चा वार्डमा संवेदनशील हुने भएकाले टीका नलगाईएको तर उनीहरुलाई पनि फलफूल वितरण गरिएको बताउनुभयो । विगतका वर्षहरुमा पनि यस्तो व्यवस्था गरिएको भएपनि यस वर्ष बिरामीहरुले दसैंको रौनक अनुभव नगरेको बताउनुभयो । देशको परिस्थितिका कारण धेरै बिरामीमा टीकाका खुशी नदेखिएको उहाँको भनाई थियो । दसैँ भन्नासाथ परिवारको जमघट, मान्यजनको हातबाट टीका र जमरा, आशिष, मिठो परिकार र आत्मीयताको सम्झना आउँने भन्दै देवकोटाले भन्नुभयो “वर्षदिनको थकान बिर्सेर परिवारसँगै बसेर दसैँ मनाउने चाहना सबैको हुन्छ । तर, सबैका लागि दसैँ उस्तै हुँदैन । कसैको निधारमा रातो टीका र जमरा सजिँदा कसैको दिन अस्पतालको शैया, औषधि र उपचारकै बीच बितिरहेको हुन्छ ।”

    यस्तै अवस्थालाई आत्मीयतामा बदल्ने प्रयास गर्दै आफूहरुले दसैँको दिन अस्पतालमै बिरामीलाई टीका लगाउने व्यवस्था गरेको उहाँको भनाई छ । घरबाट टाढा रहेर उपचार गराइरहेका बिरामी र उनीहरूको हेरचाहमा खटिएका कुरुवाले पनि दसैँको टीका लगाउन सकून् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको उहाँले बताउनुभयो । अस्पतालमै टीका लगाउन पाउनु उनीहरूका लागि दसैँको खुसीसँग जोडिएको आत्मीय क्षण बन्न सक्ने भन्दै उहाँले भन्नुभयो “टीका र जमराले बिरामीको निधार सजाउनु मात्र होइन, चाडपर्वको अवसरमा उनीहरूलाई सम्झिएको र उनीहरूको भावनाको कदर गरिएको सन्देश पनि दिन्छ ।” दसैँको टीका केवल निधारमा लगाइने रङ मात्रै नभएको भन्दै सिईओ देवकोटाले भन्नुभयो “यो प्रेम, सद्भाव, आशीर्वाद र एकअर्काप्रतिको अपनत्वको प्रतीक पनि हो ।” अस्पतालमा उपचार गराइरहेका बिरामी र कुरुवालाई टीका लगाउने अवसर उपलब्ध गराउनु उनीहरूलाई चाडपर्वको खुसीसँग जोड्ने मानवीय प्रयास भएको उहाँले बताउनुभयो ।

    अस्पतालमा बिरामीको उपचार गर्नु स्वास्थ्य संस्थाको प्रमुख दायित्व भए पनि उपचारका क्रममा बिरामी र उनीहरूका परिवारले भोग्ने भावनात्मक कठिनाइलाई बुझ्नु पनि उत्तिकै महत्वपूर्ण हुने देवकोटाले बताउनुभयो । उहाँले थप्नुभयो “चाडपर्वका बेला गरिने यस्ता आत्मीय प्रयासले बिरामीलाई आफू एक्लो नभएको अनुभूति गराउन सहयोग पु-याउँछ ।” दसैँको दिन सिएमसी शिक्षण अस्पतालमा गरिएको टीका व्यवस्थाले अस्पतालको वातावरणमा पनि चाडपर्वको आत्मीयता जोड्ने प्रयास गरेको उहाँले बताउनुभयो । घरमा आफन्तसँग बसेर टीका लगाउन नपाएका बिरामी र कुरुवाका लागि अस्पतालमै टीका लगाउने अवसर उपलब्ध हुनु दसैँको खुसी बाँड्ने एउटा संवेदनशील अभ्यास भएको उहाँको भनाई थियो ।

    जसले चाहेर पनि परिवारसँग टीका थाप्न पाउँदैनन्

    स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँग सँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बन्चित हुने गरेका छन् ।

    स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले स्वास्थ्य, सुरक्षा लगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरुले टीका थाप्नबाट बञ्चित हुन्छन् । अरुलाई सहज टीका लगाउन दिनका लागि सुरक्षा निकायमा खटिनेहरु टीका लगाउनबाट बञ्चित हुन्छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल नब्बे प्रतिशत हाराहारी प्रहरी सेवामा रहेकाहरु घरमा गएर टीका थाप्नका लागि घर जान नपाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो “सर्वसाधारणले सुरक्षित रुपमा चाडपर्व मनाउन भन्नका लागि हामी परिवारसँग टीका लगाउन पाउँदैनौं ।”

    संवेदनशील जिल्लाहरुमा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिईने गरेको उहाँले बताउनुभयो । इञ्चार्जसीप लिएकाहरुले विदा पाउँदैनन् । अन्यले मिलाएर न्यूनतम संख्या मात्रै परिवारसँग दसैं मनाउने उहाँले जानकारी दिनुभयो ।

    यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरतहरु पनि यो पर्वमा परिवारसँग सबैले दसैँ मनाउन पाउँदैनन् ।

    त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षागार्डहरुले पनि विदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउनुहुन्छ । चाडपर्वको समयमा कतिपय उद्योग व्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षागार्डको हुने भएको विदा नपाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो “चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ ।”

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरुले परिवारसँग दसैंको टिका थाप्न नपाउने बताउनुहुन्छ । बहिरंग सेवा बाहेक आकस्मिक र अन्तरंग सेवाहरु सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु विदा बस्न नपाउने उहाँको भनाई छ । उनीहरुले दसैं र तिहार पालो मिलाएर विदा लिने गर्दछन् । बगालेले भन्नुभयो “जुनसुकै बेला सेवा दिनु पर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ ।”

    पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन् । नेपाल नर्सिङ संघ चितवनका अध्यक्ष विष्णु अधिकारी ५० प्रतिशत नर्सले विदा लिएर बस्न नपाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो “दसैं र तिहार मध्ये आलो पालो गरेर विदा मिलाईन्छ ।” जसका कारण ५० प्रतिशत नर्सले दसैंमा परिवारसँग टीका थाप्न नपाउने उहाँको भनाई छ ।

    विदेशमा ठूलो संख्यामा नेपाली छन् । उनीहरु मध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन् । कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले विदा मिलाएर दसैंमा नेपाल आउने गर्दछन् ।

    चार बर्षपछि बुबा आमाको हातबाट टीको लगाउन चितवनको रत्ननगर आईपुग्नु भएका विष्णु पौडेल पर्वमा परिवारसँग बस्न पाउनु निकै खुशीको कुरा हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “विदेशमा रहनेहरुले परिवारसँग कमैले मात्र पर्व मनाउन पाउँछन् ।”

    यस्तै अन्य क्षेत्रमा पेशा गर्नेहरु पनि टीका लगाउनबाट बञ्चित हुन्छन् । सञ्चार क्षेत्र, यातायत, सरसफाई, हस्पिटालिटी क्षेत्रमा काम गर्नेहरु पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन् । आलो पालो गरेर उनीहरुले काम गर्छन् । घरबाट टाढा रहेर स्वदेशमै भएपनि खर्चको अभाव चाहेर पनि घर पुग्न नसक्नेहरु पनि छन् ।

    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान
    भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.