काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








