काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८ सय ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








