चितवन । नेपाल जेसीजकोे राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् । नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेसनबाट खनाल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । शुक्रवार भएको निर्वाचनमा आफ्नो प्रतिस्पर्धी लालमणी भण्डारीलाई ५७८ मतले पराजित गरेका हुन् । खनालले १०९० मत प्राप्त गर्दा भण्डारीले जम्मा ५१२ मत प्राप्त गरेका हुन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सुमनकृष्ण श्रेष्ठ, भोजराज चापागाँई, अरुणकुमार दाहाल र शिवप्रसाद भुषाल विजयी भएका छन् । चारजना कार्यकारिणी उपाध्यक्ष पदको लागि १० जना चुनावी मैदानमा भिडेका थिए ।








