• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बिआईसी स्टार्टअप्सद्वारा “डेमो डे” कार्यक्रम सम्पन्न

  •   शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बोष्टन ईन्टरनेशनल कलेजको ईन्क्युवेसन विभाग, बिआईसी स्टार्टअप्सले ‘डेमो डे’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ईन्क्युवेसन विभागका ५ वटा सहभागी टिमहरुले शुक्रबार उद्यमशील व्यवसायको प्रस्तुति दिइएको हो । भरतपुरलाई नेपालमा उद्यमशील शहरका रूपमा स्थापना गर्ने लक्ष्यकासाथ कार्यक्रम मार्फत विगत छ महिनादेखि ईन्क्युवेसनमा प्रशिक्षित उद्यमीहरुलाई सार्वजनिक गरेको छ । बिआईसी स्टार्टअप्सका प्रमुख प्रेम गैरेले पहिलो कोहर्टको रुपमा इको–पोसाक, क्रिएटिभ डिल, सर्वोत्तम मसरुम फार्म, फिनान्टेलेक्ट र नेक्सस टेक सोलुसन गरी ५ वटा सिर्जनशील व्यवसायलाई विगत ६ महिनादेखि निरन्तर रुपमा तालिम, परामर्श एवम् अन्य तरिकाहरुबाट सहयोग प्रदान गरेको बताए । प्रमुख गैरेका अनुसार देशव्यापी लकडाउनको बावजुद जुममार्फत सुरु गरिएको कार्यक्रमले यस डेमो डे सम्पन्न गरेर एक चरण पार गरेको हो । उद्यमी विद्यार्थीहरुको छ महिनाको मिहिनेतलाई प्रस्तुत गर्ने कार्यक्रम नै ‘डेमो डे’ कार्यक्रम रहेको उनले भने । कार्यक्रमका सह–आयोजक ‘बोष्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ का सदस्यहरु उस्नता पाख्रिन, स्यारोना क्षेत्री, एसिका घले र समिक्षा उपरकोटीले उदघोषण गरेका थिए । सम्भावित लगानीकर्ताहरुको माझमा ५ वटा टिमको प्रतिनिधित्व गर्दै १० जना सहभागीले प्रस्तुति दिएका थिए । सहभागी पाँच उद्यमी टिमहरु मध्ये दुईवटा टिम विजयी हुने र विजेता टिमले दुई लाख रुपैयाँको ‘बिज पुँजी’ प्राप्त गर्ने प्रावधान रहेको उक्त कार्यक्रममा ‘सर्वोत्तम मसरुम फार्म’ र ‘क्रियटिभ डिल अर्बान फार्मिङ्’ विजयी बनेका छन् । कार्यक्रममा विजयीहरुलाई बोष्टन ईन्टरनेसनल कलेजका अध्यक्ष आनन्द बहादुर चन्दद्वारा चेक हस्तान्तरण गरिएको थियो। कार्यक्रममा निर्णायकत्रय राजु पौडेल, बहार कुमार र सिक्षित भट्टले उद्यमशीलताका सम्भावना तथा चुनौतिहरु र अगाडिको दिनमा नव–उद्यमीहरुले केकस्ता व्यवसायहरु सुरु गर्न सक्छन्, लगायतका बिषयमा आफ्ना धारणाहरु राखेका थिए । बिआईसी स्टार्टअप्सले हालसालै चितवन उद्योग संघसँग गरेको सहकार्य सम्झौताको स्मरण गर्दै चितवन उद्योग संघका अध्यक्ष एवम् बोष्टन कलेजका अध्यक्ष दुवै जनाले आगामी दिनमा सहकार्यको दायरा फराकिलो पार्दै चितवनलाई उद्यमशीलताको केन्द्र बनाउने दीर्घकालीन सोच एवम् रणनैतिक योजना रहेको जानकारी गराए । कार्यक्रम बोष्टन कलेजका अध्यक्ष आनन्द बहादुर चन्दको अध्यक्षता गर्नुभएको सम्पन्न भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.