काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गरेका छन् । आइतबार अपरान्ह माइतीघरम मण्डलामा नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै सडकमा उत्रिएका हुन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी हुन् । प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणासमेत गरेकी छन्।








