नवलपुर । संसद विघटन सिफारिसविरुद्ध ने वि संघ नवलपुरले प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा संसद विघटनको प्रस्ताव गरेपछि नवलपुरमा ने वि संघले प्रदर्शन गरेको हो । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै जिल्ला सदरमुकाम कावासोतीमा विद्यार्थीले आन्दोलन गरेका छन् । कावासोतीको ईन्द्रचोकमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सडक अवरुद्ध गरेर प्रधानमन्त्री केपी ओलीकाविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान माथि प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन् । संसद विघटन भए देशभर आन्दोलन चर्काउने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।








