चितवन । नेपाल जेसीजको राष्ट्रीय अध्यक्षमा निर्वाचित चितवनका अरुणेश्वर खनाललाई नवचितवन बचतच तथा ऋण सहकारी सस्थाले सम्मान गरेको छ । सस्थाका शेयर सदस्य समेत रहेका खनाललाई सहकारीले आईतबार आयोजित एक समारोहका बिच सम्मान गरेको हो । सम्मान समारोहमा बोल्दै सहकारीका अध्यक्ष जगदिश्वर खनालले आफ्नो सस्थाका सदस्य नेपाल जेसीज जस्तो गरिमामय सस्थाको राष्ट्रीय अध्यक्षमा निर्वाचित भएकोमा खुशी व्यक्त गर्नुभयो । समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष खनालले आफ्नो विजयमा सहकारीको समेत महत्वपुर्ण भुमिका रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सस्थाका सचिव बाबुहरी आचार्य , ऋणसमिति संयोजक कृष्णविलास अधिकारी , प्रथम महिला प्रमिला सुवेदी , विसहजार जेसीजका पुर्व अध्यक्षहरु रमेश बस्ताकोटी , राजाराम परियार कुमार निवर्तमान अध्यक्ष सन्तोष मजाकोटी लगायतको सहभागिता रहेको थियो ।








