मुग्लिन । इच्छाकामना न्युज डटकमका संचालक एंव पत्रकार चित्र सोल्टी गुरुङलाई मातृशोक परेको छ। पत्रकार गुरुङका आमा पुडकी गुरुङको ६४ वर्षको उमेरमा सोमबार बेलुकी १० बजे निधन भएको हो। लामो समयदेखी क्यान्सर रोगका कारण थलिइ उपचार गरिरहेका मृतक गुरुङको इच्छाकामना गाउँपालिका ६ पाँचकिलो चितवन स्थित घरमा नै निधन भएको हो। उनको आजै गुरुङ संस्कार अनुसार सदगत गर्ने तयारी भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।








