काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० फुटको अन्तिम संघारमा पुगेको छ । आज अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछ्ट्टै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ भने प्रचण्ड– वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे बबरमहलस्थित कार्की बेंक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । आजबाट औपचारिक विभाजनतर्फ जाने भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको आन्तरिक विवाद चर्किएको छ । सोमबार पनि दुवै पक्षले सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर विभाजनतर्फ जाने तयारी पूरा गरिसकेका छन् ।








