काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले यसअघि नै ओलीको कदम गलत भएको प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।








