काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ४ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








