काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको मंगलबार बालुवाटारमा बसेको केन्द्रिय समितिको बैठकले आगामी मंसिर २ गते पार्टी महाधिबेशन गर्ने निर्णय गरेको छ । नेकपाको एकता भंग हुन लागेको अवस्थामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आफु निकटका केन्द्रिय सदस्यहरुलाई बोलाएका थिए । ओलीले संसद भंग गरेर मध्यावधि चुनावको मिति समेत सार्वजनिक गरिसकेका छन् । ओली समूहको बैठकले मौजुदा केन्द्रीय समितिमा ५५६ सदस्य थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरेको छ । अब केन्द्रिय कमिटिमा सदस्य संख्या ११९९ पुगेको छ ।








