काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाबाट मात्रै १८ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेका छन् । मंगलबार बालुवाटारमा बसेको आफ्नो समूहको बैठकमा ओलीले ५५६ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेका थिए । जसमा १८ जना झापाबाट रहेको खुलेको छ । ओलीले आफ्नो समूह अल्पमतमा परेपछि केन्द्रीय सदस्य थपेका हुन् । झापाबाट मनोनयनमा पर्नेमा हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजबंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराल छन् । ओलीले केन्द्रीय कमिटीको कुल संख्या ११९९ सदस्यीय बनाएका छन् । यो कमिटीलाई पूर्णता दिनका लागि अझै १९६ जना थप्न बाँकी छ ।








