काठमाडौं । देशका अधिकांश क्षेत्रमा बुधबार आंशिकदेखि सामान्य बदली हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण विभिन्न क्षेत्रको मौसम प्रभावित हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुनेछ ।








