काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने स्रोतले बताएको छ । आजको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने तयारी गरेको छ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । तर, मंगलबार बसेको केन्द्रीय समिति बैठकले ओलीलाई संसद विघटनमा असंवैधानिक कदम चालेको भन्दै अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो । रिक्त स्थानमा बरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।








