चितवन। नवलपुरको सिमानामा बुधबार लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । नवलपुरको गैंडाकोट र बुलिङटार गाउँपालिकाको सिमाना गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरअन्तर्गतको भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट ट्रक खसेको हो । ना ३ ख ५३३९ नम्बरको ट्रकबुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा करिब २ सय मिटर तल खसेको गैंडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए ।








