काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारबिरुद्ध देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर पुस १६ गते संसद विघटनलगायत अन्य विषयमा देशब्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् । सरकारकाे उक्त कदमविरूद्ध बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका छन् । अहिलेसम्म ८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।








