काठमाडौं । ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शंखरापुर नगरपालिका-६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ हैबुङ बस्ने ४६ वर्षीय भिम बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । भिमले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








