काठमाडौं । नेकपाको संस्थापन पक्ष (अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक बबहरमलस्थित काकीं ब्यांक्वेटमा भर्खरै सुरु भएको हो । बैठकले पार्टी महासचिव र अन्य नेताहरुको प्रमुख कार्यविभाजन तोक्ने संभावना रहेको बताइएको छ। पार्टी महासचिवमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई बनाउनेबारे नेताहरुबीच छलफल भैरहेको छ ।








