काठमाडौं । जनता समाजवादी पार्टीले संसद बैठक आह्वानको माग गरेको छ । जसपाका नेताहरूले प्रतिनिधिसभाको बैठक आह्वान गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । सिंहदरबार स्थित सभामुखको कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको भन्दै सभामुखलाई बैठक आह्वान गर्न आग्रह गरिएको डा। बाबुराम भट्टराईका प्रेस संयोजक बिश्वदीप पाण्डेले जानकारी दिए ।








