काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाल प्रचण्डलाई हटाएको छ ।बिहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समितिको बैठकले प्रचण्डलाई केन्द्रीय समिति र स्थायी कमिटी निर्णयबाट दिइएको कार्यकारी जिम्मेवारी बहन गर्न नसकेको भन्दै बदर गर्ने निर्णय गरेको हो ।








