हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आकस्मिक बैठक बसिरहेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा नेकपाबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछिको परिस्थितिबारे छलफल गर्न बैठक बोलाईएको संसदीय दलका सचिव निमा लामाले जानकारी दिए । बैठक हाल संसदीय दलको सम्पर्क कार्यालय काठमाडौंमा बसिरहेको छ । शुक्रबार दिउँसो पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै संसद बैठक आव्हानका लागि आग्रह गरेको थियो । बागमती प्रदेशको वर्षे अधिवेश साउन ६ गते सकिएपछि हिउँदे बैठक अहिलेसम्म बोलाईएको छैन ।








