फाईल फोटो
चितवन । पूर्वी चितवनको खैरहनीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ११ का ४५ वर्षिय फुल वहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार तामङलाई गैंडाले घर नजिकैको बारिमा आक्रमण गरेको हो । शुक्रबार राती ९ः४५ वजे गैंडाले आक्रमण गरेका उनको गम्भिर अबस्थामा भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।








