चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजा सहित २ जनालाई पक्राऊ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ ७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका छोरा रहेको ईप्रका भण्डारा चितवन प्रमुख राजिव गिरीले जनाकारी दिए । गिरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका वडा नं. ४ झरना जाने सडकबाट पक्राऊ गरिएको हो । चेकजाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा अवैध लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी पठाएको जनाइएको छ ।








