नवलपुर । भुमिहीन दलित ,भुमिहीन सुकुम्वासी ,समस्या राष्ट्रको समस्या रहेकाले यसलाई समाधानको पक्षमा लैजान प्रतिबद्ध रहेको भुमिहीन दलित ,भुमिहीन सुकुम्वासी आयोगका केन्द्रिय अध्यक्ष देवी ज्ञवालीले बताएका छन् । शनिबार कावासोती नगरपालिकाले आयोजना गरेको भुमिहीन दलित,भुमिहीन सुकुम्वासी र अब्यवस्थित बसोवासीको विवरण र तथ्याङक सङकलन ईकाईको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुमिहिन र सुकुम्वासीको समस्या कुनै दल र पार्टीको नभएर राष्ट्रिय समस्या भएकाले भुमिहीनलाई जग्गाधनिको प्रणापत्र उपलब्धताका लागि आयोगले आवश्यक कार्य गरिरहेको बताएका हुन् । नेपाल राज्यभर आफनो परिवारको स्वामित्वमा जग्गा जमिन नभएको र आफनो परिवारको आयआर्जन,सो्रत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असर्मथ रहेका भुमिहीन सुकुम्वासी,त्यस्तै भुमिहीन दलित,र अब्यवस्थित बसोबासीको विवरण तथा तथ्याङक सङकलन गरी सुकुम्वासी समस्या न्यूनिकरण गर्न आयोगले गृहकार्य गरिरहेको अध्यक्ष ज्ञवालीले बताए ।गण्डकी प्रदेशको ११ जिल्लामध्ये कावासोती नगरपालिका र रुपाँ गाँउपालिकामा सुकुम्वासीको मुख्य समस्या रहेकाले यहाँको समस्यालाई पहिचान गरी समाधान गरिने बताए । १७ महिना भित्र जमिन उपलब्ध गराउन नसके सरकारलाई नै मौलिक हकको मुद्धा लाग्ने गरी कानुनी प्रकृयामा रहेर आयोग गठन गरिएको हुँदा बिगतमा गठन गरिएका आयोग जस्तो नहुने बताएका थिए । कावासोती नगरपालिका का उपप्रमुख प्रमशङकर मर्दनियाले नगरमा भुमिहीन दलित,र अब्यवस्थित बसोबासीको विवरण तथा तथ्याङक सङकलन का लागि कर्मचारी ब्यवस्थापन भईसकेको बताए । बर्षै देखि भोगचलन गरेको जग्गाको लालपूर्जा नभएका चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका भुमिहिन सुकुम्बासी सहित नगरभित्र रहेका अन्य भुमिहीनहरुलाई सुकुम्बासी समस्यालाइ पहिचान गरी सामाधानका लागि सबै एक्वद्ध रुपमा अगाडि बढ्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला समवन्य समिति नवलपुरका अध्यक्ष चेसराम आलेले दलित ,भुमीहीन सुकुम्वासीले जग्गा नपाएपछि नै अब्यवस्थित बसोवासीको संख्याक्रम बढेको हुदाँ यसलाई आवश्यक कार्यबिधि र निर्देशिकाको आधारमा समस्या समाधान हुनुपनर्मो जोड दिए । त्यस्तै आयोगले भुमीहीन दलित,भुमिहीन सुकुम्बासी मात्रा नभएर प्राकृतिक बिपत्तिमा परेका ब्यक्तिहरुलाई सुरक्षित ठाँउमा स्तान्तरण गनर्का निमित्त आयोगले आवश्यक लगत सङकलन गरी काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि,राजनैतिक ब्यक्तित्व, समाजसेवी ,जनप्रतिनिधि,नगरमा कार्यरत कर्मचारी लगायतको सहभागिता रहेको थियो । कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा दलित भुमिहीन,भुमिहीन सुकुम्बासी आयोगका केन्दि«य अध्यक्ष देवि ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन र्तीथ कंडेलले गर्नुभएको थियो । कावासोती नगरपालिका भित्र आईतबार देखि भुमिहीन दलित,भुमिहीन सुकुम्वासी र अब्यवस्थित बसोवासीको विवरण र तथ्याङक सङकलन कार्य सुरुवात गरिने बताईएको छ ।








