• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सङ्क्रमितको संख्या घटेपछि बागेश्वरी आइसोलेसन खाली

  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १ वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा बनाइएको आइसोलेसन खाली भएको छ । सङ्क्रमितको संख्या घटेपछि आइसोलेसन खालि भएको हो । चिकित्सालयका कार्यकारी निर्देशक डा. हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेसन रहेकाले थोरै संख्यामा सङ्क्रमित बस्न डराउँछन् । पुस ८ गते एकैसाथ १५ जना कोरोना मुक्त भए पछि बाँकी रहेका ३ जना होम आइसोलेसनमा बस्न गए संगै चिकित्सालयको आइसोलेसन खालि भएको हो । उहाँले भन्नुभयो “आइसोलेसन वन्द गरेका छैनौ । खाली भएको हो ।” गएको भदौ १४ गतेबाट सुरु गरिएको आइसोलेसनमा हाल सम्म ४ सय १२ जनाले सेवा लिइ सकेका छन् । एकै साथ ठूलो संख्यामा सङ्क्रमित आएमा राख्न मिल्ने गरि तयारी अबस्थामा आइसोलेसन राखिएको छ । हाल देखिएका सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेसन र होम आइसोलेसनमा बस्दै आएका छन् । जिल्लामा सङ्क्रमित थपिने दर पनि निकै कम भएको छ । भरतपुर महानगरपालिकाले चिकित्सालय संग सहकार्य गरेर यो आइसोलेसन सञ्चालन गरेको हो । आइसोलेसनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो । व्यवस्थापन चिकित्सालयले गर्दै आएको हो । ९० जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेसनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनु पर्ने अवस्था आएको थियो । डा। कोइरालाका अनुसार सङ्क्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो । यस विधिमा आठ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ । जसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस पदार्थ खान दिइएको थिइएन । यस्तै नियमित व्यायम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो । सो आइसोलेसनमा ८ महिना देखि ८५ वर्ष सम्मका सङ्क्रमितले सेवा लिएका थिए । आइसोलेसनमा आएका सङ्क्रमितहरु ७ दिन देखि २१ दिन सम्म उपचारका लागि बस्ने गरेका कोइरालाको भनाई छ । सामान्य लक्ष्यण देखिएकालाई समेत आइसोलेसनमा राखेर उपचार गरिएको थियो । जिल्लामा हालसम्म ६ हजार ३ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाव परीक्षण गरिएको छ । १ सय १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने ५ हजार ९ सय २० जना निको भएका छन् । हाल २ सय ९१ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये २ सय ६४ जना होम आइसोलेसनमा रहेका छन्, भने २७ जना विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये भरतपुर महानगरका २ सय ३५ जना छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.