चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले आज चितवनसहित देशैभर प्रदर्शन गर्दै छ । यसपटक काँग्रेसले निर्वाचन क्षेत्र अनुसार प्रदर्शन गर्दैछ । चितवनमा प्रतिनिधि सभा अन्तरगत तीन वटा निर्वाचन क्षेत्र छन् ।चितवनमा क्षेत्र नं. १ अन्तरगत पर्सा बजारको चौविसकोठी, क्षेत्र नं. २ अन्तरगत चौविसकोठी भरतपुर र क्षेत्र नं. ३ अन्तरगत चनौली बजारमा प्रदर्शन गर्न लागिएको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । प्रदर्शनमा सम्पूर्ण प्रजातन्त्रप्रेमीहरुलाई निमन्त्रणा गरिएको सभापति श्रेष्ठले बताए ।








